Techie IT
२०८३ असार २७, शनिबार

नेप्से सामान्य घट्यो, कारोबार रकम ६ अर्ब नजिक


सेयर बजार परिसूचक नेप्से आज सामान्य घटेको छ। साताको दोस्रो दिन नेप्से ८.२४ अंकले घटेर २,६२२.८९ विन्दुमा झरेको हो। आज बजारमा कुल ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको ९ अर्बभन्दा कम हो।

बजारमा आज ७२ कम्पनीको मूल्य बढ्दा १७२ कम्पनीको मूल्य घटेको छ र ५ कम्पनीको मूल्य स्थिर रह्यो। दुई कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंक, सकारात्मक सर्किटमा पुगेका छन्।

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको घटेको छ। विशेषगरी हाइड्रो र जीवन बीमा समूहका सेयर १ प्रतिशतभन्दा बढीले घटेका छन्, जबकि अन्य समूहको परिसूचकमा १ प्रतिशतभन्दा कमको गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको सेयर ३७ करोड ६८ लाख रुपैयाँ बराबर कारोबार भएको छ। त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर करिब ३४ करोड रुपैयाँमा किनबेच भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट