सुन र चाँदी दुबैको मूल्यमा वृद्धि, सुन प्रतितोला कति पुग्यो?
सुनको मूल्य लगातार बढ्ने क्रम मंगलबार पनि जारी रह्यो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार स्थानीय बजारमा सुन प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन सोमबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४१ हजार ५ सय रुपैयाँमा पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार १ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि मंगलबार बढेको छ। सोमबारको तुलनामा प्रतितोला १ सय ५ रुपैयाँले वृद्धि भई चाँदी ३ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस