Techie IT
२०८२ कार्तिक २७, बिहीबार

सुनको भाउ फेरि साढे दुई लाख नाघ्यो


सुनको मूल्य फेरि साढे दुई लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ५ हजार ९ सय रुपैयाँले बढेको हो। बुधबार सुन प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च दरमा बढेको छ। बिहीबार विश्व बजारमा सुन प्रतिऔंस ४२०० अमेरिकी डलर नाघेको छ। यसअघि अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४३८१ डलरसम्म पुगेको रेकर्ड छ।

नेपालमा यसअघि असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ।

अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १७० रुपैयाँले बढेर बिहीबार ३ हजार ३ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। असोज ३१ गते चाँदी प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँ पुगेको रेकर्ड छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट