Techie IT
२०८२ कार्तिक ३०, आइतबार

नेपाल बैंक लिमिटेड ८९औं वर्षमा प्रवेश


नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आज कात्तिक ३० गते आइतबारदेखि आफ्नो ८९औं वर्षमा प्रवेश गरेको छ। बैंकले अविच्छिन्न ८८ वर्षको बैंकिङ सेवा सफलतापूर्वक पूरा गरेको अवसरमा ग्राहक, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गरेको छ।

बैंकका अध्यक्ष प्रा. डिल्लीराज शर्माले शुभकामना सन्देशमा नेपाल बैंकलाई देशको "बैंकिङ सम्पदा" भन्दै, नेपाली जनता तथा उद्यमी–व्यवसायीको विश्वासको धरोहरको रूपमा स्थापित बैंकले विभिन्न चुनौती र उतार–चढावबीच पनि निरन्तर सबल, सक्षम र प्रभावकारी सेवा प्रवाह गरिरहेको बताए।

उनका अनुसार, बैंकले देशमा बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन, पुँजी निर्माण तथा औद्योगिक–व्यापारिक क्षेत्रको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

शर्माले सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा स्थापना भएको बैंकमा साझेदारी अझै कायम रहेको उल्लेख गर्दै, बैंकको विकास र नियमनमा मार्गदर्शन प्रदान गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा सबै नियमनकारी निकायप्रति आभार व्यक्त गरेका छन् ।

उनले आगामी दिनमा नवीनतम प्रविधिमा आधारित प्रतिस्पर्धी बैंकिङ सेवा विस्तारित रूपमा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएका छन् । साथै बैंकको लामो यात्रामा साथ दिने ग्राहक, शेयरधनी, सहकर्मी सञ्चालक, बैंक व्यवस्थापन, कर्मचारी, ट्रेड युनियन तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट