Techie IT
२०८२ कार्तिक ३०, आइतबार

पहिलो त्रैमासमै कर्जा प्रवाह सुस्त


चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (असोज मसान्तसम्म) मा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह सुस्त भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले कर्जा विस्तार, निक्षेप संरचना र तरलता व्यवस्थापनमा उल्लेखनीय परिवर्तन देखाएको हो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ३.० प्रतिशतले बढेर ७४ खर्ब ८२ अर्ब ५९ करोड पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको २.६ प्रतिशत वृद्धिको तुलनामा केही सुधारित दर हो।

निक्षेप संरचनामा भने ठूलो परिवर्तन आएको छ

मुद्दती निक्षेप: ५४.८% → ४६.४%

बचत निक्षेप: ३२.७% → ३८.७%

चल्ती निक्षेप: ५.४% → ६.४%

निक्षेपकर्ताहरू उच्च ब्याजदरबाट हटेर बचत र चल्ती खातातर्फ सर्दै गएकाले बैंकहरूको औसत निक्षेप लागत घट्न सक्ने संकेत राष्ट्र बैंकले दिएको छ। संस्थागत निक्षेपको अंश भने सामान्य घट्दै ३५.३ प्रतिशतमा सीमित छ।

पहिलो त्रैमासमा निजी क्षेत्रतर्फ कर्जा विस्तार दर कमजोर रह्यो।

कर्जा वृद्धि: १.५% (८२ अर्ब ९३ करोड)

अघिल्लो वर्ष यही अवधिमा: २.५%

कुल कर्जा: ५५ खर्ब ८० अर्ब ६४ करोड

वार्षिक बिन्दुगत कर्जा वृद्धि: ७.३%

कुल निजी क्षेत्र कर्जामा

व्यक्तिगत तथा घरपरिवार कर्जा: ३६.०% → ३७.२%

गैर–वित्तीय संस्थागत कर्जा: ६४.०% → ६२.८%

क्षेत्रगत विवरण:

रियल स्टेट कर्जा: ३.२% वृद्धि

मार्जिन कर्जा: ३.०% वृद्धि

ट्रष्ट रिसिट (TR) कर्जा: ४.३% घट्यो

अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा: ३.३% घट्यो

सेवा क्षेत्र कर्जा: ०.३% घट्यो

निर्माण, यातायात, उद्योग: २% भन्दा बढी वृद्धि

TR र ओभरड्राफ्ट कर्जा घट्नु आयात–व्यापार गतिविधिमा नियन्त्रण देखिने संकेत हो। बजारमा अत्यधिक तरलता देखिएपछि राष्ट्र बैंकले आक्रामक प्रशोचन रणनीति अपनाएको छ।

कुल तरलता प्रशोचन: १३०७५ अर्ब ९५ करोड

अघिल्लो वर्ष: ७८३३ अर्ब ४० करोड

यस वर्ष तरलता शोषण दोब्बरभन्दा बढी हुनुले बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहेको पुष्टि गर्छ। यसबाहेक, विदेशी विनिमय बजारबाट राष्ट्र बैंकले १ अर्ब ८६ करोड अमेरिकी डलर खरीद गरी रु २६२ अर्ब १४ करोड तरलता पुनः बजारमा प्रवाह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट