Techie IT
२०८२ चैत्र १५, आइतबार

वीरगञ्ज नाका हुँदै चार महिनामा ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात


वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु निर्यात भएकाले यो वर्ष निर्यातमा उल्लेखनीय वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।

वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार निर्यातित वस्तुमा सबैभन्दा ठूलो हिस्सा भटमासको तेलको रहेको छ। चालु अवधिमा रु १७ अर्ब ३२ करोड बराबरको भटमास तेल तथा रु २ अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको उनले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट