तीन वर्षकालागि कालोसूचीमा परे यी दुई कम्पनी
सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण तथा आपूर्ति कम्पनीलाई तीन वर्षकालागि कालोसूचीमा राखेको छ।
जनता तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर २, जलेश्वर, महोत्तरीको सिफारिसमा पुष्प हेम कन्स्ट्रक्सन प्रालि तीन वर्षका लागि कालोसूचीमा परेको छ। त्यस्तै, हेलम्बु गाउँपालिकाको कार्यालय, सिन्धुपाल्चोकको सिफारिसमा कौशिल बस्नेत निर्माण सेवा प्रालिलाई पनि कालोसूचीमा राखिएको छ।
पुष्प हेम कन्स्ट्रक्सन प्रालिका मुख्य व्यक्ति धनुषा निवासी मुरारी घिमिरे हुन् भने कौशिल बस्नेत निर्माण सेवा प्रालिका मुख्य व्यक्ति भक्तबहादुर बस्नेत हुन्।
कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम उक्त निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ। कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीको अवधिभर कुनै पनि सार्वजनिक खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।



तपाईको प्रतिक्रिया दिनुहोस