२५ हजारसम्म भारतीय २०० र ५०० दरका नोट ओसारपसार गर्न पाइने
भारतीय रुपैयाँ २०० र ५०० दरका नोट प्रतिव्यक्ति अधिकतम २५ हजार रुपैयाँसम्म ओसारपसार गर्न पाइने भएको छ।
सरकारले सन् २०१६ नोभेम्बर ९ पछि निष्कासनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस