कति पुग्यो डलरको भाउ हेर्नुहोस्
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।
त्यसैगरी, आज युरोपियन युरो १ को खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०९ पैसा रहेको छ भने यूके पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा तोकिएको छ। स्वीस फ्रयांक १ को खरिददर १८३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८४ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ।
अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०९ रुपैयाँ १२ पैसा तथा सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा कायम भएको छ। यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा तथा चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा तोकिएको छ।
खाडी मुलुकतर्फ साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ५४ पैसा र बिक्रीदर ४० रुपैयाँ ७० पैसा पुगेको छ। कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९० पैसा तोकिएको छ।
युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ। कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४४ पैसा तोकिएको छ। बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ १६ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ७५ पैसा तथा ओमनी रियाल १ को खरिददर ३९५ रुपैयाँ १० पैसा र बिक्रीदर ३९६ रुपैयाँ ६६ पैसा पुगेको छ।
अन्य मुद्राहरूमा मलेसियन रिंगेट १ को खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११ रुपैयाँ ४२ पैसा तोकिएको छ।
थाई भाट १ को खरिददर ४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४ रुपैयाँ ५२ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५ रुपैयाँ ४३ पैसा तथा डेनिस क्रोनर १ को खरिददर २२ रुपैयाँ ६७ पैसा र बिक्रीदर २२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा रहेको छ।
त्यस्तै, स्थिर विनिमय दर कायम गरिएको भारतीय रुपैयाँ (INR) १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले बजारको अवस्थालाई हेरी यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस