Techie IT
२०८२ चैत्र १५, आइतबार

सेयर बजार लगातार तेस्रो दिन लाग्यो उकालो, नेप्से २६२५ अङ्कमा अड्कियो


सेयर बजार परिसूचक लगातार तेस्रो कारोबार दिन पनि बढेको छ। साताको चौथो दिन बुधबार नेप्से परिसूचक ५.७० अङ्कले बढ्दै २६२५.७० अङ्कमा पुगेको हो।

यसअघि सोमबार बजार ६.७४ अङ्क र मंगलबार १८.३७ अङ्कले बढेर बन्द भएको थियो।

आज बुधबार कुल ४ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको ३ अर्ब ४४ करोड रुपैयाँको तुलनामा बढी हो। आजको कारोबारमा १४३ कम्पनीको सेयर मूल्य बढ्दा १०५ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत रूपमा होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूह घटेका छन् भने बाँकी सबै समूहका सूचक बढेका छन्। फाइनान्स समूह सबैभन्दा धेरै १.७५ प्रतिशतले बढेको छ। यस्तै बैंकिङ ०.३१, विकास बैंक ०.७१, हाइड्रोपावर ०.१३, लगानी ०.०४, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०७ तथा अन्य समूह ०.०४ प्रतिशतले बढेका छन्।

घट्ने समूहमा व्यापार ०.२७, निर्जीवन बीमा ०.३६ र होटल तथा पर्यटन समूह ०.३७ प्रतिशतले घटेका छन्।

आज स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट ब्रेकर लागेको छ। नारायणी डेभलपमेन्ट बैंकको ८.७७, चिरख्वा हाइड्रोपावरको ५.३३ र माइखोला हाइड्रोपावरको ४.३३ प्रतिशतले मूल्य बढेको छ।

उता, बाराही हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ। अपर स्याङ्गे हाइड्रोपावरको मूल्य ३.२१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर अगाडि रहेको छ। यस कम्पनीको मात्रै २२ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। धेरै कारोबार भएका अन्य कम्पनीमा मञ्जुश्री फाइनान्स, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट