Techie IT
२०८३ जेष्ठ २, शनिबार

वैदेशिक रोजगार स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज, पुरानो दर कायम


वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै दर कायम गर्ने निर्णय गरेका हुन्।

यसअघि स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५०० रुपैयाँबाट बढाएर ९ हजार ५०० रुपैयाँ पुर्‍याइएको थियो। तर उक्त निर्णय खारेज गर्दै सरकारले पुनः ६ हजार ५०० रुपैयाँ नै कायम गरेको छ।

शुल्क वृद्धिले वैदेशिक रोजगारीमा जाने गरिब तथा विपन्न वर्गका कामदारमाथि अतिरिक्त आर्थिक भार परेको भन्दै सर्वत्र आलोचना हुँदै आएको थियो।

यसअघि तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीले २०८१ मंसिरमा मन्त्रीस्तरीय निर्णयमार्फत स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५०० रुपैयाँ कायम गरेका थिए। त्यसबेला पनि विरोध चर्किएपछि शुल्क कार्यान्वयन प्रक्रिया रोकिएको थियो। पछिल्लोपटक गत मंसिरमा पुनः बढाइएको शुल्क मन्त्रीस्तरीय निर्णयबाट फेरि खारेज गरिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट