Techie IT
२०८३ असार २२, सोमबार

सुन प्रतितोला २ लाख ७७ हजार नाघ्यो


नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य बढेको छ।

बिहीबार प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार फेरि उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला सात सय रुपैयाँले बढेको हो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला पाँच हजार चार सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पाँच हजार ६ सय ४५ रुपैयाँ पुगेको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६० रुपैयाँले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट