Techie IT
२०८२ माघ १२, सोमबार

वीरगंज नाकाबाट आयात उछालिँदै: ६ महिनामा ४ खर्ब ३८ अर्ब रुपैयाँका सामान भित्रिए


वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो छ महिनामा चार खर्ब ३८ अर्ब २१ करोड रुपैयाँ बराबरका वस्तु तथा सामग्री आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाका हुँदै हुने आयात १५ दशमलव ३० प्रतिशतले बढेको वीरगंज भन्सार कार्यालयले जनाएको छ।

गत आवको पहिलो छ महिनामा भने तीन खर्ब ८० अर्ब ६ करोड रुपैयाँ मूल्यका सामान आयात भएका थिए।

वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको छ महिनामा आयातमा उल्लेखनीय वृद्धि देखिएको छ।

तथ्यांकअनुसार सो अवधिमा ९० अर्ब ६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यसैगरी ३९ अर्ब ३ करोड रुपैयाँ मूल्यका फलाम तथा फलामबाट बनेका सामग्री भित्रिएका छन्।

३० अर्ब १ करोड रुपैयाँ बराबरका मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने २७ अर्ब ७२ करोड रुपैयाँ मूल्यको भटमासको कच्चा तेल भित्रिएको छ।

त्यस्तै २४ अर्ब ६१ करोड रुपैयाँ बराबरका विद्युतीय मेसिनरी, उपकरण तथा तिनका पार्टपुर्जा आयात भएका छन्। १९ अर्ब ४ करोड रुपैयाँ मूल्यका कपडाहरू पनि सोही अवधिमा आयात गरिएको भन्सार कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट