Techie IT
२०८२ चैत्र १५, आइतबार

वीरगञ्ज नाकाबाट ६ महिनामा ९० अर्बको पेट्रोलियम पदार्थ आयात


वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो छ महिनामा ९० अर्ब ६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा पेट्रोलियम आयातको मूल्य दुई अर्ब ७५ करोड रुपैयाँले बढेको हो। यही अवधिमा पेट्रोलियम पदार्थबाट ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवमा पेट्रोलियम आयात तथा त्यसबाट उठ्ने राजस्व दुवैमा उल्लेखनीय वृद्धि भएको बताए। गत आर्थिक वर्षको पहिलो छ महिनामा ८७ अर्ब ३१ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

भन्सारका तथ्यांकअनुसार चालु आवको छ महिनामा ४५ अर्ब ३८ करोड रुपैयाँ बराबरको डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड रुपैयाँ राजस्व उठेको छ। त्यस्तै, २० अर्ब ९८ करोड रुपैयाँको पेट्रोल आयातबाट १३ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ।

यसबाहेक १४ अर्ब ७९ करोड रुपैयाँ बराबरको एलपी ग्यास आयात हुँदा दुई अर्ब ७७ करोड रुपैयाँ राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट