वीरगन्ज नाकाबाट खाद्यान्न आयात घट्यो
वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु ११ अर्ब ५७ करोड मूल्य बराबरका १६ प्रकारका खाद्य पदार्थ आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयातमा रु २१ करोडको गिरावट आएको छ ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको तुलनामा चालु आवको पहिलो छ महिनामा खाद्य पदार्थको आयातमा सामान्य कमी आएको हो ।
गत आर्थिक वर्षको पहिलो छ महिनामा यस नाकाबाट रु ११ अर्ब ७८ करोड मूल्य बराबरका १६ प्रकारका खाद्य पदार्थ आयात भएका थिए । चालु आवको पहिलो छ महिनामा रु पाँच अर्ब ६८ करोड मूल्य बराबरको १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ । गत आवको सोही अवधिमा भने रु छ अर्ब नौ करोड मूल्यको धान भित्रिएको थियो ।
यस अवधिमा रु तीन अर्ब ४१ करोड मूल्य बराबरको मकै आयात भएको छ । त्यस्तै रु एक अर्ब ६१ करोड बराबरको चामल र रु ३३ करोड मूल्यको माल्ट आयात गरिएको छ ।
फापर, कोदो तथा अन्य खाद्यान्नतर्फ भने रु २३ करोड ७३ लाख बराबरको आयात भएको भन्सार कार्यालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस