Techie IT
२०८३ कार्तिक १२, बुधबार

वीरगञ्ज भन्सारद्वारा लक्ष्यभन्दा राजस्व सङ्कलन


देशको प्रमुख व्यापारिक नाका रहेको वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा उत्साहजनक प्रगति गर्दै लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले असोज महिनामा कुल २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको हो।

कार्यालयले असोज महिनाका लागि २६ अर्ब ४६ करोड रुपैयाँको राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। लक्ष्यभन्दा बढी राजस्व उठेको यो सफलतालाई चाडबाडको समयमा बढेको वस्तु तथा इन्धनको आयातसँग जोडेर हेरिएको छ।

प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोज महिनामा मात्रै इन्धन आयातबाट २ अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्मको कुल राजस्व लक्ष्य ७० अर्ब ५६ करोड रुपैयाँ रहेको छ। यस अवधिमा कुल ६९ अर्ब १३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

चाडपर्व तथा दसैँ-तिहार जस्ता पर्वहरूको समयमा हुने बजार मागका कारण आयात बढेकाले भन्सार कार्यालयले लक्ष्य नजिक पुग्न र असोज महिनामा त लक्ष्य नै उछिनेर राजस्व सङ्कलन गर्न सफलता हासिल गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट