Techie IT
२०८२ माघ १७, शनिबार

आज कति पुग्यो डलरको भाउ हेर्नुहोस्


नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा कायम गरिएको छ । त्यस्तै क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैङ्कले आवश्यकताअनुसार जुनसुकै समयमा पनि विनिमय दर संशोधन गर्न सकिने जनाएको छ । साथै वाणिज्य बैङ्कहरूले तोक्ने विनिमय दर फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैङ्कको वेबसाइटमार्फत हेर्न सकिने जानकारी दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट