सुन–चाँदीको मूल्यमा भारी गिरावट, दुई दिनमै तोलामा १८ हजार घट्यो
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा तीव्र गिरावट आएको छ । पछिल्लो दुई दिनदेखि लगातार ओरालो लागेको मूल्यका कारण आज सुन प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा एक हजार ५६५ रुपैयाँले सस्तो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि उल्लेख्य रूपमा घटेको छ । आज चाँदी प्रतितोला पाँच हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार यसको मूल्य सात हजार ६५ रुपैयाँ थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस