Techie IT
२०८३ वैशाख ३१, बिहीबार

मुक्तिनाथ कृषि कम्पनीको नाफामा २०.९१% वृद्धि


मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढेको छ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको १ करोड ४६ लाख रुपैयाँको तुलनामा २०.९१ प्रतिशतले बढी हो।

आम्दानी घटे पनि खर्च उल्लेखनीय रूपमा घटेका कारण खुद नाफा बढ्न सफल भएको कम्पनीले जनाएको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २५.२८ प्रतिशत र कुल आम्दानी १५.८१ प्रतिशतले घटेको छ। यद्यपि, यस अवधिमा कुल खर्च २४.६१ प्रतिशतले घट्दा नाफामा सकारात्मक प्रभाव परेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि वृद्धि भएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ५० पैसा बढेर ४ रुपैयाँ ६९ पैसामा पुगेको छ। गत पुस मसान्तसम्म कम्पनीको मूल्य–आम्दानी अनुपात (P/E रेसियो) २९१.७१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ७१ पैसा रहेको छ।

७५ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ६ करोड ५८ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट