Techie IT
२०८२ फागुन १३, बुधबार

हेटौंडाको यातायात कार्यालयमा घुसकाण्ड: अधिकृत र बिचौलिया पक्राउ


Reprsentative Image

मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालय, हेटौंडामा कार्यरत एक अधिकृत र एक बिचौलिया घुससहित पक्राउ परेका छन्।

सवारी साधन सरुवा सहमति गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिएको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कारबाही गरेको हो।

आयोगको हेटौंडा कार्यालयबाट मंगलबार खटिएको टोलीले बिचौलियाको रूपमा संलग्न लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

यस प्रकरणमा संलग्न अधिकृत (छैटौँ तह) अमृत भेटुवाललाई पनि नियन्त्रणमा लिइएको छ। दुवै जनालाई यातायात व्यवस्था कार्यालय परिसरबाट तीन थान मोबाइल सेटसहित पक्राउ गरिएको आयोगले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट