Techie IT
२०८३ असार २०, शनिबार

सुनको भाउ फेरि उकालो : तोलामै २ हजार बढेर ३ लाख १९ हजार


नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

मंगलबार प्रतितोला तीन हजार आठ सय रूपैयाँले बढेको सुनको भाउ आज थप दुई हजार रूपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार भने सुन प्रतितोला तीन लाख १७ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार प्रतितोला पाँच हजार सात सय २० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार दुई सय चार अमेरिकी डलरमा कारोबार भइरहेको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट