Techie IT
२०८३ वैशाख २३, बुधबार

एकैदिन सुनमा १२,५०० रुपैयाँ गिरावट, आज कतिमा हुँदै छ कारोवार?


आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। आज सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि तोलामा ३५५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार भने सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही दिनदेखि सुनको मूल्य लगातार घट्दो क्रममा रहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा ३५५ रुपैयाँले कम हो। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट