Techie IT
२०८३ असार १९, शुक्रबार

७ महिनामै १ खर्ब २३ अर्बको इन्धन आयात: डिजेलमा अत्यधिक निर्भरता


चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले रु १ खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढी हो।

उक्त अवधिमा पेट्रोलियम पदार्थ आयातबाट सरकारले रु ५२ अर्ब १५ करोड राजस्व संकलन गरेको छ।

आयातमध्ये डिजेलको हिस्सा सबैभन्दा बढी देखिएको छ। कुल रु ६३ अर्ब ६५ करोड बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात गरिएको छ।

त्यसैगरी, रु २५ अर्ब ३० करोड बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल आयात भएको छ भने रु २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट