Techie IT
२०८२ चैत्र ११, बुधबार

डलरको भाउ घट्यो, राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ विनिमयदर


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको भाउ सामान्य रूपमा घट्दा युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ भने बढेको छ।

निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर रु १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर रु १५० रुपैयाँ ४९ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर रु १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर रु १७४ रुपैयाँ ४७ पैसा पुगेको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर रु २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर रु २०१ रुपैयाँ ७८ पैसा तोकिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर रु १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर रु १९१ रुपैयाँ १८ पैसा कायम गरिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर रु १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर रु १०४ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर रु १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर रु १०९ रुपैयाँ ५२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर रु ११७ रुपैयाँ १९ पैसा र बिक्रीदर रु ११७ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर रु ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर रु ९ रुपैयाँ ४८ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर रु २१ रुपैयाँ ७५ पैसा र बिक्रीदर रु २१ रुपैयाँ ८३ पैसा कायम गरिएको छ।

यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर रु ३९ रुपैयाँ ९३ पैसा र बिक्रीदर रु ४० रुपैयाँ ०९ पैसा तथा कतारी रियाल एकको खरिददर रु ४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर रु ४१ रुपैयाँ १९ पैसा तोकिएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर रु ४ रुपैयाँ ६० पैसा र बिक्रीदर रु ४ रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर रु ४० रुपैयाँ ८० पैसा र बिक्रीदर रु ४० रुपैयाँ ९७ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर रु ३७ रुपैयाँ ८८ पैसा र बिक्रीदर रु ३८ रुपैयाँ ०४ पैसा कायम गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर रु १० रुपैयाँ ०१ पैसा र बिक्रीदर रु १० रुपैयाँ ०५ पैसा तोकिएको छ भने स्वीडिस क्रोनर एकको खरिददर रु १६ रुपैयाँ ०८ पैसा र बिक्रीदर रु १६ रुपैयाँ १४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर रु २३ रुपैयाँ २६ पैसा र बिक्रीदर रु २३ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।

यसैगरी, हङकङ डलर एकको खरिददर रु १९ रुपैयाँ १५ पैसा र बिक्रीदर रु १९ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिददर रु ४८८ रुपैयाँ ८८ पैसा र बिक्रीदर रु ४९० रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर रु ३९७ रुपैयाँ ०१ पैसा र बिक्रीदर रु ३९८ रुपैयाँ ६० पैसा तथा ओमानी रियाल एकको खरिददर रु ३८९ रुपैयाँ ३२ पैसा र बिक्रीदर रु ३९० रुपैयाँ ८८ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर रु १६० र बिक्रीदर रु १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट