Techie IT
२०८३ वैशाख ३०, बुधबार

राजीनामा हल्लामाथि गभर्नर पौडेलको कटाक्ष: “मिडियामा मात्र देखेँ, कसैले सोधेको छैन”


नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो राजीनामाबारे फैलिएका चर्चा र हल्लाहरूलाई व्यङ्ग्यात्मक शैलीमा खारेज गरेका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र राष्ट्र बैंकद्वारा आयोजित बैंकिङ तालिम कार्यक्रममा बोल्दै गभर्नर पौडेलले अहिलेसम्म कसैले आफूलाई राजीनामा दिनुपर्ने विषयमा नसोधेको स्पष्ट पारेका हुन् ।

उनले भने, “मलाई के लाग्छ भने व्यक्ति हुनु र नहुनुसँग धेरै चासो राख्नुपर्ने कुरा होइन। पदहरू सबै अस्थायी हुन्, यहाँ बसेर जीवन बिताउँछु भनेर आउने पनि होइन।”

गभर्नर पौडेलले हरेक पदको निश्चित अवधि हुने उल्लेख गर्दै पदप्रति अनावश्यक मोह राख्न नहुने बताए। “कुनै पनि कुरामा आवश्यकताभन्दा बढी आशक्ति राख्नु हुँदैन। मलाई जिम्मेवारी दिइएको छ, यो एउटा तथ्य हो,” उनले थपे।

उनले मिडियामा आएका समाचारतर्फ संकेत गर्दै भने, “मैले मिडियामा मात्रै लेखेको देखेको छु। कसैले मलाई राजीनामा दिन्छौ कि दिँदैनौ भनेर सोधेको पनि छैन, न त हामी आयौँ भनेर कसैले भनेको छ।”

गभर्नर पौडेलले आफू सार्वजनिक पदमा रहेको व्यक्तिका रूपमा जनचासो र मिडियामा हुने चर्चालाई स्वाभाविक रूपमा लिएको उल्लेख गर्दै आफ्नो जिम्मेवारी र कार्यकालप्रति सचेत रहेको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट