सुन र चाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदै छ कारोवार?
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजो २ लाख ९७ हजार ६०० रुपैयाँ थियो। यस्तै, प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो दिन २ लाख ५५ हजार १४५ रुपैयाँ थियो।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँ रहेको थियो।
त्यस्तै, आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन ४ हजार २४० रुपैयाँ थियो।



तपाईको प्रतिक्रिया दिनुहोस