Techie IT
२०८२ चैत्र २५, बुधबार

क्रिप्टो र हुण्डी गिरोह पर्दाफास: ३० लाखसहित ४ जना पक्राउ


अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) तथा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका – ४ झम्सिखेल बस्ने, चितवन घर भएका ३२ वर्षीय सवन अधिकारी, काठमाडौं तारकेश्वर नगरपालिका – ४ लोलाङका २५ वर्षीय आशिष अधिकारी, काठमाडौं महानगरपालिका – २६ ठमेलका ३२ वर्षीय रबिन जी.आर. र ललितपुर महालक्ष्मी नगरपालिका – ४ इमाडोलका ३७ वर्षीय अनित्य शाक्य रहेका छन्।

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा हुण्डी तथा अभौतिक मुद्रा प्रयोग गरी गैरकानूनी वित्तीय कारोबार भइरहेको गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट नगद ३० लाख रुपैयाँ तथा USDT कारोबारमा प्रयोग हुने विद्युतीय उपकरणसमेत बरामद गरेको जनाएको छ।

पक्राउ परेकामाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५क अनुसार हुण्डी कारोबार र दफा १६२(क) अनुसार अभौतिक मुद्राको अवैध प्रयोग सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। आवश्यक कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट