Techie IT
२०८३ जेष्ठ १६, शनिबार

कालीमाटी बजार अपडेट: कुन तरकारी कति सस्तो–महँगो?


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, सानो (लोकल) रु ३०, सानो (भारतीय) रु ३० र तराईको सानो गोलभेँडा रु ३६ कायम गरिएको छ। आलु रातो रु २१ (भारतीय रु २३) तथा सुकेको प्याज (भारतीय) प्रतिकिलो रु ३६ तोकिएको छ।

हरियो तरकारीतर्फ गाजर (लोकल) रु ३५, बन्दा (लोकल) रु ४०, काउली स्थानीय रु ६० (ज्यापु रु ८०), मूला रु २५–३० र भन्टा रु ६०–८० कायम गरिएको छ। बोडी रु ९०, मटरकोसा रु ८०, घिउ सिमी रु ७०–१२०, टाटे सिमी रु ११० र करेला रु ११० रहेको छ। त्यसैगरी लौका रु ५०, घिरौँला रु ६०, फर्सी रु ४०–६०, भिन्डी रु १००, सखरखण्ड रु ७० र स्कुस रु ६० निर्धारण गरिएको छ।

सागसब्जीमा रायोसाग रु ६०, पालुङ्गो र चमसुर रु १००, तोरीसाग रु ५०, हरियो प्याज रु ८० र मेथी रु १०० कायम छ। च्याउतर्फ कन्य च्याउ रु २६०, डल्ले च्याउ रु ४००, राजा च्याउ रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० तोकिएको छ।

फलफूलतर्फ स्याउ रु २५०–३००, केरा (दर्जन) रु २२०, कागती रु ३२०, अङ्गुर रु २३०–३५०, सुन्तला रु १५०, तरबुजा रु ५० र स्ट्रबेरी रु ३०० निर्धारण गरिएको छ। किबीको मूल्य प्रतिकिलो रु ४५० पुगेको छ।

मसला तथा अन्य वस्तुमा अदुवा रु ९०, सुकेको खुर्सानी रु ४५०, हरियो खुर्सानी रु ८०–१००, लसुन (चाइनिज) रु २३० र (नेपाली) रु १४० रहेको छ। साथै, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, बचुवा रु ३१० र छडी रु ३०० निर्धारण गरिएको समितिले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट