Techie IT
२०८२ चैत्र २८, शनिबार

कालीमाटीमा तरकारी र फलफूलको नयाँ मूल्यसूची सार्वजनिक


काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिले बजारमा उपलब्ध विभिन्न तरकारी, फलफूल तथा अन्य खाद्यवस्तुको मूल्य निर्धारण गर्दै अद्यावधिक दर सार्वजनिक गरेको हो।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, सानो (लोकल) ३० रुपैयाँ तथा सानो (भारतीय/तराई) ४० रुपैयाँ कायम गरिएको छ। त्यस्तै आलु रातो २१ रुपैयाँ, आलु (भारतीय) २३ रुपैयाँ र सुकेको प्याज (भारतीय) ३७ रुपैयाँ तोकिएको छ।

तरकारीतर्फ गाजर (लोकल) ३५ रुपैयाँ, गाजर (तराई) ३० रुपैयाँ, बन्दा २५ - ४० रुपैयाँ, काउली ६० - ७० रुपैयाँ, सेतो मूला १८ रुपैयाँ, भन्टा ५५ देखि ८० रुपैयाँसम्म निर्धारण गरिएको छ। त्यसैगरी बोडी १२० रुपैयाँ, मटरकोसा ८० रुपैयाँ, घिउ सिमी ५० - १४० रुपैयाँ, टाटे सिमी ११० रुपैयाँ, करेला १०० रुपैयाँ, लौका ५० रुपैयाँ र परवर ११० रुपैयाँ कायम गरिएको छ।

हरियो सागसब्जीतर्फ रायोसाग ७० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ, तोरीसाग ५० रुपैयाँ, मेथी १०० रुपैयाँ र हरियो प्याज १०० रुपैयाँ निर्धारण गरिएको छ। च्याउतर्फ भने मूल्य उच्च देखिएको छ । कन्य च्याउ ३०० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँसम्म पुगेको छ।

फलफूलतर्फ स्याउ २५० - ३०० रुपैयाँ, केरा (दर्जन) २२० रुपैयाँ, कागती ३२० रुपैयाँ, अनार ३५० रुपैयाँ, अङ्गुर २३० - ३५० रुपैयाँ, सुन्तला १५० रुपैयाँ र किबी ४५० रुपैयाँ तोकिएको छ। त्यसैगरी तरबुजा ५० रुपैयाँ, भुइँकटहर १७० रुपैयाँ र काँक्रो २० देखि ६० रुपैयाँसम्म रहेको छ।

मसलातर्फ अदुवा ९० रुपैयाँ, हरियो खुर्सानी ७० - १०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, लसुन १४० - २३० रुपैयाँ र धनियाँ १२० रुपैयाँ निर्धारण गरिएको छ। साथै ताजा माछाको मूल्य पनि प्रतिकिलो ३०० देखि ३४० रुपैयाँसम्म कायम गरिएको समितिले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट