गृहमन्त्री गुरुङको ४.३१ करोडको शेयर लगानी सार्वजनिक, कुन–कुन कम्पनीमा कति?
गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा ४ करोड ३१ लाखभन्दा बढी लगानी रहेको सार्वजनिक भएको छ। आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेसँगै गुरुङको लगानी विवरण बाहिरिएको हो।
सार्वजनिक विवरणअनुसार, गुरुङको कुल ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ शेयर बजारमा लगानी रहेको देखिन्छ। यसमध्ये होप होल्डिङ्स प्रालिमा ३० हजार थान साधारण शेयर रहेको छ, जसको मूल्य ३० लाख रुपैयाँ उल्लेख गरिएको छ।
त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान साधारण शेयर रहेको उल्लेख गरिएको छ, जसको मूल्य ५७ लाख रुपैयाँ रहेको छ।
गुरुङले सबैभन्दा ठूलो लगानी ‘धितोपत्र बजारमा कारोबार हुने शेयरहरू’ शीर्षकमा देखाएका छन्। व्यवसायिक तथा पैत्रिक स्रोत देखाउँदै उनले यस शीर्षकअन्तर्गत २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ लगानी रहेको जनाएका छन्।
यस्तै, एड्भेन्चर भिल्ला प्रालिमा पनि उनको ७० हजार थान शेयर रहेको छ, जसको मूल्य ७० लाख रुपैयाँ बराबर रहेको विवरणमा उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस