Techie IT
२०८३ कार्तिक १४, शुक्रबार

बहुमत छ भन्दैमा मिडियामाथि दमन गर्ने छुट छैन: कुलमान घिसिङ


उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको धरपकड, प्रहरी हस्तक्षेप तथा दमनकारी कदमको कडा शब्दमा निन्दा गरेका छन्। 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष घिसिङले प्रेस स्वतन्त्रता लोकतान्त्रिक मूल्य–मान्यताको मूल मर्म भएको उल्लेख गर्दै सरकारलाई यस्ता असंवैधानिक गतिविधि तत्काल रोक्न माग गरेका हुन्। 

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता र सूचनाको हकलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको स्मरण गराउँदै उनले यी अधिकार कुनै सरकारको इच्छा वा निगाहमा निर्भर नरहेने स्पष्ट पारे। झन्डै दुई तिहाइको समर्थन प्राप्त सरकारले आलोचनालाई शत्रु मान्ने र असहमति दबाउने प्रवृत्ति देखाउनु आपत्तिजनक रहेको बताउँदै घिसिङले भने “बहुमतले शासन गर्ने अधिकार दिए पनि नागरिकका मौलिक अधिकार कुण्ठित गर्ने छुट दिँदैन, पत्रकारको कलम रोक्दैमा सत्य रोकिँदैन र प्रश्न दबाउँदैमा सरकार जवाफदेहिताबाट उम्किन सक्दैन।”

उनले पक्राउ परेका पत्रकारहरूको कानुनी अवस्था सार्वजनिक गर्न र स्वतन्त्र एवं निर्भीक पत्रकारिताका लागि सुरक्षित वातावरण निर्माण गर्न सरकारसँग जोडदार माग गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट