Techie IT
२०८२ चैत्र ३०, सोमबार

नयाँ वर्षमा नेपाल टेलिकमको यस्तो छ धमाका अफर


नयाँ वर्ष २०८३ को अवसर पारेर नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आकर्षक ‘न्यु इयर अफर’ सार्वजनिक गरेको छ। सरकारी स्वामित्वको यस दूरसञ्चार कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै विशेष डाटा प्याकेजहरू ल्याएको हो।

कम्पनीले ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका प्याकेज सार्वजनिक गरेको छ, जसले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। टेलिकमका अनुसार ‘न्यु इयर लाइट’ प्याकेजअन्तर्गत ४९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन ५ जीबी डाटा प्रयोग गर्न सकिनेछ।

दैनिक ५ जीबीको सीमा सकिएपछि पनि इन्टरनेट सेवा बन्द हुने छैन। प्रयोगकर्ताले त्यसपछि २ एमबीपीएसको गतिमा महिनाभर अनलिमिटेड डाटा चलाउन सक्नेछन्। त्यसैगरी, बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि ६९९ रुपैयाँको ‘न्यु इयर प्रिमियम’ प्याकेज ल्याइएको छ, जसमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ। दैनिक सीमा सकिएपछि ३ एमबीपीएसको गतिमा अनलिमिटेड इन्टरनेट प्रयोग गर्न सकिनेछ।

यो विशेष अफर चैत ३० गतेदेखि सुरु भई वैशाख २ गतेसम्म मात्र खरिद गर्न सकिनेछ। खरिद गरेपछि यी प्याकेजहरू ३० दिनसम्म मान्य रहनेछन्। पोस्टपेड प्रयोगकर्ताले भने उक्त शुल्क आफ्नो मासिक रेन्टलमै समावेश गरेर प्रयोग गर्न सक्नेछन्।

नयाँ वर्षको अवसरमा सस्तो र गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिएका छन्।

इच्छुक ग्राहकले आफ्नो मोबाइलबाट *141511# डायल गरी मनपर्ने प्याकेज छनोट गर्न सक्नेछन्। साथै, ‘नेपाल टेलिकम’ एपमार्फत पनि सजिलै यी अफरहरू खरिद गर्न सकिने व्यवस्था गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट