Techie IT
२०८३ भाद्र २७, शनिबार

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई एसर ल्यापटप र एप्सन प्रिन्टरमा भारी छुट पाइने


नेपालका लागि एसर ल्यापटप र एप्सन प्रिन्टरको आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा मर्केन्टाइलका कार्यकारी निर्देशक सूरज क्षेत्री र प्रभु बैंकका मार्केटिङ म्यानेजर सबिन शमशेर ज.ब.राले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरूले एसर ल्यापटप र एप्सन प्रिन्टर खरिद गर्दा १८ प्रतिशतसम्म छुट पाउनेछन् भने बैंकका ग्राहकहरूले ८ देखि १५ प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन्।

यसका साथै, बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले ‘इन्स्टापे’ सेवा मार्फत किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ।

उक्त छुट सुविधा मर्केन्टाइल अफिस सिस्टमका आधिकारिक विक्री केन्द्रहरूबाट प्राप्त गर्न सकिने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट