Techie IT
२०८३ वैशाख ३, बिहीबार

महँगीको अर्को झट्का: डिजेल र मट्टितेलको मूल्यले रेकर्ड तोड्यो, हवाई इन्धन पनि महँगियो


नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले वैशाख ३ गते बिहीबार बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजनको घोषणा गरेको हो।

नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि गरिएको छ। यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ। पेट्रोलको मूल्यमा भने यसपटक कुनै परिवर्तन गरिएको छैन।

समायोजनपछि पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा कायम भएको छ ।
त्यस्तै, दोस्रो वर्गमा मा प्रतिलिटर २३६ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा २३७ रुपैयाँ पुगेको छ । यसैगरी, हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य प्रतिलिटर २५१ रुपैयाँबाट बढेर २५६ रुपैयाँ पुगेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट