Techie IT
२०८३ वैशाख ४, शुक्रबार

अब ट्रायल पासपछि २४ घण्टाभित्रै लाइसेन्स पाइने

ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजैदेखि लागू गरिएको उनले जानकारी दिएका छन्।


सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती - ५ स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रियालाई तीव्र बनाउन निर्देशन दिएका छन्। ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजैदेखि लागू गरिएको उनले जानकारी दिएका छन्।

निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले अब सम्भव काम नरोकिने र सेवाग्राहीले छिटो सेवा पाउने दाबी गरे।उनले लामो समयदेखि लाइसेन्स नपाउने समस्या अब अन्त्य हुने बताएका छन्। विगतमा इच्छाशक्ति र व्यवस्थापनको अभावका कारण सेवा ढिलाइ भएको उल्लेख गर्दै अब ती समस्या समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

केन्द्रमा करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण प्रयोगविहीन रहनु दुःखद रहेको बताउँदै उनले ती उपकरणको प्रभावकारी उपयोग गर्न निर्देशन दिए। साथै नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न पनि उनले जोड दिएका छन्।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले आगामी दिनमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरलगायतका कागजात छाप्ने योजना रहेको जानकारी दिए।

हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ। विदेश जाने नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकता दिइएको र वैशाख १२ गतेभित्र १२ लाख तथा बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको उनले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट