अब १५ दिनमै तलब: सरकारको नयाँ निर्णयले कर्मचारीलाई राहत
सरकारले अबदेखि कर्मचारीहरूलाई प्रत्येक १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने निर्णय गरेको छ।
अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै महालेखा नियन्त्रक कार्यालयलाई कार्यान्वयनका लागि परिपत्रसमेत जारी गरिसकेको छ।
मन्त्रालयका अनुसार कर्मचारीको हातमा समयमै नगद प्रवाह सुनिश्चित गर्ने र समग्र अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस