Techie IT
२०८३ वैशाख ८, मंगलबार

आजको विनिमय दर हेर्नुहोस् : डलरको भाउ कति पुग्यो ?


नेपाल राष्ट्र बैंक ले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर रु १४८.७१ र बिक्रीदर रु १४९.३१ कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर रु १७५.०८ र बिक्रीदर रु १७५.७८ तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर रु २०१.०८ र बिक्रीदर रु २०१.८९ कायम भएको छ। त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर रु १९०.३९ र बिक्रीदर रु १९१.१५ निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर रु १०६.४५ र बिक्रीदर रु १०६.८८, क्यानेडियन डलर एकको खरिददर रु १०८.६५ र बिक्रीदर रु १०९.०९ तथा सिङ्गापुर डलर एकको खरिददर रु ११७.०० र बिक्रीदर रु ११७.४७ तोकिएको छ। जापानी येन (१०) को खरिददर रु ९.३६ र बिक्रीदर रु ९.४० कायम हुँदा चिनियाँ युआन एकको खरिददर रु २१.८१ र बिक्रीदर रु २१.९० निर्धारण गरिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर रु ३९.६५ र बिक्रीदर रु ३९.८१ तथा कतारी रियाल एकको खरिददर रु ४०.८० र बिक्रीदर रु ४०.९६ रहेको छ।

त्यसैगरी, थाइ भाट एकको खरिददर रु ४.६३ र बिक्रीदर रु ४.६५, युएई दिराम एकको खरिददर रु ४०.४९ र बिक्रीदर रु ४०.६५, मलेसियन रिङ्गेट एकको खरिददर रु ३७.६२ र बिक्रीदर रु ३७.७८ तोकिएको छ। साउथ कोरियन वन (१००) को खरिददर रु १०.११ र बिक्रीदर रु १०.१५, स्वीडिस क्रोनर एकको खरिददर रु १६.२५ र बिक्रीदर रु १६.३२ तथा डेनिस क्रोनर एकको खरिददर रु २३.४३ र बिक्रीदर रु २३.५२ कायम गरिएको छ।

यसैगरी, हङकङ डलर एकको खरिददर रु १८.९९ र बिक्रीदर रु १९.०७, कुवेती दिनार एकको खरिददर रु ४८५.४३ र बिक्रीदर रु ४८७.३८, बहराइन दिनार एकको खरिददर रु ३९४.३० र बिक्रीदर रु ३९५.८९ तथा ओमानी रियाल एकको खरिददर रु ३८६.२५ र बिक्रीदर रु ३८७.८१ तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर रु १६०.०० र बिक्रीदर रु १६०.१५ कायम गरिएको छ।

केन्द्रीय बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने र अद्यावधिक जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट