Techie IT
२०८३ असार ९, मंगलबार

१०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने व्यवस्था वारे के भन्यो भारतले ?


भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाल

नेपाल–भारत सीमा क्षेत्रमा नेपाली अधिकारीहरूले लागू गरेको कडा भन्सार जाँच र नयाँ नियमका कारण उत्पन्न तनावबारे भारतले औपचारिक प्रतिक्रिया दिएको छ।

भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू भएपछि सीमावर्ती क्षेत्रका बासिन्दामा असन्तोष चुलिएको छ। यसै सन्दर्भमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालले अनौपचारिक व्यापार तथा तस्करी नियन्त्रण गर्ने उद्देश्यले यस्तो कदम चालेको बुझिएको बताएका छन्।

उनले भारतीय सामान बोकेर सीमा पार गर्ने यात्रुमाथि भन्सार लगाइएको विषयमा भारत जानकार रहेको उल्लेख गर्दै घरायसी प्रयोजनका लागि ल्याइने सामानमा रोक नलगाइएको भन्ने नेपाली पक्षको दाबीलाई पनि ध्यानपूर्वक नियालिरहेको स्पष्ट पारे।

नयाँ व्यवस्थाको प्रत्यक्ष प्रभाव विशेषगरी तराई क्षेत्रको जनजीवनमा परेको छ। दैनिक उपभोग्य सामग्रीका लागि भारतीय बजारमा निर्भर रहने सीमावर्ती नागरिकहरूले यसको कडा विरोध जनाएका छन्। साथै, सीमा क्षेत्रका सांसदहरूले पनि सर्वसाधारणको समस्या समाधानका लागि यो व्यवस्था खुकुलो बनाउन सरकारसँग माग गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट