Techie IT
२०८३ असार ९, मंगलबार

पेट्रोलियम आयातबाट ६० अर्बभन्दा बढी राजस्व उठ्यो


चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ६० अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको ५७ अर्ब ५३ करोड रुपैयाँभन्दा उल्लेख्य रूपमा बढी हो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार उक्त अवधिमा वीरगञ्ज नाकामार्फत कुल १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गरिएको छ। सोही आयातबाट प्राप्त राजस्व राज्यकोषमा दाखिला गरिएको हो।

तथ्याङ्कअनुसार, नौ महिनाको अवधिमा ८ लाख ८ हजार ७ सय ४५ किलोलिटर डिजेल, ३ लाख ५९ हजार ८ सय ४६ किलोलिटर पेट्रोल र २२ करोड ४८ लाख ७५ हजार २ सय ६६ किलोग्राम एलपी ग्यास आयात भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट