Techie IT
२०८३ असार २७, शनिबार

नेप्सेमा झिनो सुधार, कारोबार रकम ३ अर्ब मुनि खुम्चियो


साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। उतारचढावका बीच नेप्से ६.९४ अङ्कले बढेर २,७१८.१६ विन्दुमा कायम भएको हो। परिसूचक सकारात्मक देखिए पनि लगानीकर्तामा पर्ख र हेरको अवस्था कायम रहँदा कारोबार रकम भने खुम्चिएको छ।

आज नेप्सेमा ३३४ कम्पनीको ४५ हजार ६५ पटकको खरिद–बिक्रीबाट ६६ लाख ८४ हजार ७ कित्ता सेयर किनबेच भएको छ। कुल २ अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। बुधबारको तुलनामा यो करिब २६ करोड रूपैयाँको गिरावट हो। अघिल्लो दिन ३ अर्ब १९ करोडको कारोबार भएको थियो।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटा राताम्मे देखिएका छन् । बढ्ने समूहमा व्यापार समूह सर्वाधिक १.५७% ले उकालो लागेको छ। यस्तै अन्य (०.८३%), लघुवित्त (०.३५%), र बैंकिङ (०.३३%) समूहमा सामान्य सुधार आएको छ।

घट्ने समूहमा निर्जीवन बिमा समूह ०.५६% ले ओरालो लाग्दा म्युचुअल फन्ड, उत्पादन तथा प्रशोधन र वित्त समूहमा पनि गिरावट देखिएको छ।

आजको बजारमा स्वावलम्बन लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यसको सेयर मूल्य १२.१९% ले वृद्धि भई प्रतिकित्ता ८१० रूपैयाँ पुगेको छ। यस्तै श्रीजनशील लघुवित्तको मूल्य ४.२९% ले बढेको छ।

यता, फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले भने ठूलो झट्का बेहोरेका छन्। सो कम्पनीको सेयर मूल्य १३.२४% ले गिरावट आएर १,१२७.९० रूपैयाँमा झरेको छ। अपर लोहोरे खोला हाइड्रोपावरको मूल्य पनि ९.१२% ले घटेको छ। 

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १७ करोड ६८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ, यद्यपि यसको मूल्य २.५२% ले घटेको छ। सेयर सङ्ख्याका आधारमा भने नेसनल हाइड्रोपावर लिमिटेड अगाडि देखिएको छ, जसको १४ करोड ३४ लाख रूपैयाँ बराबरको ५ लाख २६ हजार कित्ता सेयर किनबेच भयो।

बिहीबार कुल १५५ कम्पनीको मूल्य बढ्दा १०२ कम्पनीको मूल्य घटेको छ भने १२ वटाको स्थिर रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट