Techie IT
२०८३ भाद्र २६, शुक्रबार

नेपालमा चिनियाँ लगानीको दबदबा, कुल वैदेशिक लगानीको झन्डै आधा हिस्सा चीनकै, भारत निकै पछाडि


नेपालमा वैदेशिक लगानी (FDI) भित्र्याउने मामिलामा उत्तरी छिमेकी चीन सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रका रूपमा स्थापित भएको छ। सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार नेपालमा स्वीकृत कुल वैदेशिक लगानीको झन्डै आधा हिस्सा चीन एक्लैको रहेको छ।

२०८२ फागुनसम्मको तथ्याङ्क अनुसार कुल स्वीकृत वैदेशिक लगानीमा चीनको हिस्सा ४८ प्रतिशत पुगेको छ। यसको तुलनामा अर्को छिमेकी मुलुक भारतको हिस्सा मात्र १७.९ प्रतिशत छ भने अन्य मुलुकहरूको संयुक्त हिस्सा ३४.१ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

परियोजना संख्याका आधारमा पनि चिनियाँ लगानीकै वर्चस्व छ। नेपालमा स्वीकृत कुल परियोजनामध्ये ४५.५ प्रतिशत चिनियाँ लगानीका छन् भने भारतको हिस्सेदारी ११.९ प्रतिशत मात्रै छ। अन्य मुलुकका परियोजना ४२.६ प्रतिशत रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट