त्रिभुवन विमानस्थललाई १ अर्ब ५३ करोड बजेट, निजगढको मोडालिटी ६ महिनाभित्रै तय गरिने
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि १ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उड्डयन क्षेत्रको पूर्वाधार विकासका लागि उक्त रकम छुट्याइएको जानकारी दिएका छन् ।
बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले लामो समयदेखि चर्चामा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी आगामी ६ महिनाभित्रै तयार पारिने बताएका छन् । यसैगरी, पूर्ण रूपमा सञ्चालनमा आउन नसकेका गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गरिने नीति सरकारले लिएको छ। बजेटमा भरतपुर विमानस्थलमा रात्रिकालीन उडान सेवा सञ्चालनमा ल्याइने विषय समेत समेटिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस