बजेट २०८३/८४
सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट, चालुतर्फ झन्डै ६० प्रतिशत विनियोजन
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेट अनुसार कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् ५९.८ प्रतिशत छुट्याइएको छ।
यसैगरी, देशको विकास र पूर्वाधार निर्माणसँग जोडिएको पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस