सुन प्रतितोला २ सयले घट्दा चाँदी १० रुपैयाँले महँगियो, यस्तो छ आजको बजार भाउ
नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ हजार ३५५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस