Techie IT
२०८३ भाद्र २६, शुक्रबार

अण्डाको मूल्यमा फेरि भारी वृद्धि


नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ। संघको काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आज (शनिबार) देखि नै लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नयाँ मूल्यसूची अनुसार खुद्रा बजारमा अब अण्डाको प्रतिगोटा मूल्य करिब २५ रुपैयाँ पुगेको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय र परामर्शका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो।  

पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर उकालो लागेको छ। गत वैशाख २४ गतेको तुलनामा एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ९५ रुपैयाँ अर्थात् करिब २० प्रतिशतले बढेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट