Techie IT
२०८३ जेष्ठ २९, शुक्रबार

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला


सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले आज (जेठ २८ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ। वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले सर्वसाधारणका लागि आवेदन खुला गरेको हो।

कति कित्ता शेयर बिक्रीमा?
कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने कुल ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये:

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि: १० प्रतिशत अर्थात् ८५ हजार कित्ता (बाँडफाँट भइसकेको)
सामूहिक लगानी कोषका लागि: ४२ हजार कित्ता (बाँडफाँट भइसीकेको)
कम्पनीका कर्मचारीका लागि: १७ हजार कित्ता (छुट्याइएको)
सर्वसाधारण लगानीकर्ताका लागि: बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता (आजदेखि खुला)

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारणका लागि आवेदन दिने म्याद छिटोमा असार २ गतेसम्म तोकिएको छ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेको खण्डमा निष्काशन अवधि असार ११ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरू र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको 'मेरो शेयर' सफ्टवेयर तथा एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

कम्पनीको रेटिङ्ग कस्तो छ?
आईपीओ निष्काशनका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई 'केयरएनपी डबल बी माइनस (CARE-NP BB-)' इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्दछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट