डलरको भाउ १५२ नजिक, युरो १७६ रुपैयाँ पार
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलरदेखि युरो, पाउण्ड, अष्ट्रेलियन डलर तथा भारतीय रुपैयाँसम्मका विनिमयदर निर्धारण गरेको हो।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ५४ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५३ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०९ रुपैयाँ १ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४० रुपैयाँ ६३ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकता अनुसार जुनसुकै समयमा विनिमयदर संशोधन गर्न सकिने स्पष्ट पारेको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदरमा केही फरक पर्न सक्ने भएकाले अद्यावधिक जानकारीका लागि केन्द्रीय बैंकको वेबसाइट हेर्न आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस