Techie IT
२०८३ भाद्र २६, शुक्रबार

बहुमतले पारित भयो आगामी वर्षको बजेट


प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयक, २०८३ बहुमतले पारित गरेको छ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।

विधेयक पारित हुनुअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकका दफा २ देखि ११ सम्म निर्णयार्थ प्रस्तुत गरेका थिए। उक्त दफाहरूमाथि विभिन्न दलका सांसदहरूले दर्ता गराएको खर्च कटौतीको प्रस्ताव भने बहुमतले अस्वीकृत भएको छ।

खर्च कटौतीको प्रस्ताव दर्ता गराउने सांसदहरूमा कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, सजिदा खातुन सिद्धिकी, युवराज दुलाल, एशुदाकुमारी बराल, गुरुप्रसाद बराल, मोहम्मद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, पुष्पराज कँडेल र पद्माकुमारी अर्याल थिए।

अर्थमन्त्री डा. वाग्लेले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) प्रस्तुत गरेका थिए। विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमाथि असार १ र २ गते प्रतिनिधिसभामा छलफल भएको थियो।

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले बुधबार र बिहीबार दिएका थिए। मन्त्रीहरूको जवाफ लगत्तै विधेयक निर्णयार्थ प्रस्तुत गरिएको हो। प्रतिनिधिसभाको अर्को बैठक असार ५ गते शुक्रबार बिहान ११ बजे बस्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट