Techie IT
२०८३ असार १२, शुक्रबार

ट्राफिक नियम उल्लङ्घनबाट एकैदिनमा २० लाखभन्दा बढी राजस्व सङ्कलन


काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ४३८ सवारीचालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व सङ्कलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ८५, नियमविपरीत राइड सेयरिङ गर्ने १३०, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १२३ तथा तीव्र गतिमा सवारी चलाउने १६० चालकलाई कारबाही गरिएको हो।

त्यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने १२२, निषेधित क्षेत्रमा हर्न बजाउने ८८, लागुपदार्थ सेवन गरी सवारी चलाउने तीन, निर्धारित मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने २७ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०० चालक पनि कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै नियम उल्लङ्घन गर्नेविरुद्ध नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट