Techie IT
२०८३ असार १७, बुधबार

आन्तरिक उडानको भाडा घट्यो, नियम नमान्ने वायुसेवालाई कारबाहीको चेतावनी


नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानतर्फको 'इन्धन सरचार्ज' मा उल्लेख्य कटौती गरेको छ। 

प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गर्दै आजै (असार १७ गते) देखि अनिवार्य रूपमा कार्यान्वयन गर्न सम्पूर्ण वायुसेवा कम्पनीहरूलाई कडा निर्देशन दिएको छ।

निगमको असार १६ गतेको निर्णयअनुसार हवाई इन्धनको साबिक मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट १४.८७ प्रतिशत अर्थात् ४० रुपैयाँ घटेर २२९ रुपैयाँ कायम भएको थियो। सोही घटेको दरलाई आधार मान्दै प्राधिकरणले नयाँ भाडा समायोजन गरेको हो।

हवाई यातायात विभागका प्रबन्धक रमेशकुमार महतले संशोधित इन्धन सरचार्ज र हवाई भाडा दर आजैबाट लागू गरिसक्नुपर्ने स्पष्ट पारेका छन्। "यो निर्णय कार्यान्वयनमा कुनै पनि ढिलासुस्ती वा उल्लङ्घन स्वीकार्य छैन," महतले चेतावनी दिँदै भने, "निर्देशन नमान्ने वायुसेवा कम्पनीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेछ।"

प्राधिकरणको यस निर्णयसँगै सुगम र दुर्गम दुवै क्षेत्रका हवाई यात्रुहरूले हवाई भाडामा प्रत्यक्ष राहत महसुस गर्नेछन्। इन्धनको मूल्य घट्दा स्वतः घट्नुपर्ने भाडादरलाई समयमै समायोजन गरी लागू गराउन प्राधिकरणले अनुगमनलाई पनि तीव्रता दिने भएको छ।

यस्तो छ नयाँ भाडादर - 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट